कालिगण्डकी डाईभर्सन रोक्नु हुन्न ः काँग्रेस नेता खाँण

२०७६ असोज ८ गते ३:५३ Flashkhabar

गैडाकोट, ८ असोज । नेपाली काँग्रेसका मुख्य सचेतक पूर्व रक्षामन्त्री बालकृष्ण खाणले कालिगण्डकी डाईभर्सन निर्माणलाई रोक्न नहुने बताउनुभएको छ । संघीय देखि प्रदेश र स्थानीय सरकारमा चर्चा पाएको यो आयोजना निर्माणमा कोहि वाधक वन्न नहुनेमा उहाँको जोड थियो । प्रेस युनियन चितवनले आज गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खाँणले कालिगण्डकीको सवै पानी नभई केही पानीलाई डाईभर्सन गर्ने हुँदा यसको विरोध गर्न नुहने उहाँको भनाई थियो । गण्डकी प्रदेश र प्रदेश नम्वर ५ को सिमा समेत भएको कालिगण्डकी नदीले दिएको सभ्यतालाई विग्रन नदिई निर्माण गर्नुपर्ने र विकासका योजनामा समर्थक र विरोधी दुवै हुने भन्दै वृहत छलफल गरेर योजना निर्माणलाई अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । विरोध गर्नेहरुलाई राम्रोसँग वुझाउन सक्नुपर्ने भन्दै आफू सिँचाई मन्त्री हुँदा भेरी बबई डाईभर्सनमा पनि यस्तै विवाद भएको तर आफूले वृहत छलफल गरेर त्यसको निर्माणकार्य अघि बढाएको सम्झना गर्दै नेता खाँणले सवै पक्षलाई राखेर राम्रोसँग छलफल गर्दा समस्याको समाधान हुने बताउनुभएको हो । सम्मेलनमा बोल्दै नेता खाँणले अहिलेको सरकार अधिनायकवाद तर्फ अघि बढेको अरोप लगाउनुभयो । मिडिया काउन्सिल विद्येयक, राष्ट्रिय मानव अधिकार विद्येयक, सुरक्षा परिषद विद्येयक लगायतबाट त्यो कुराको पुष्टि हुने भन्दै नेता खाँणले संघीय लोकतान्त्रिक संविधानमा हस्ताक्षर गरेर आएपछि संविधान विरोधि यस्ता गतिविधि विरुद्ध काँग्रेसले शसक्त विरोध गर्ने बताउनुभयो ।
नेपालको संविधान २०७२ को भावना विपरीत काँग्रेस नजाने भन्दै उहाँले हिन्दु धर्म बारे काँग्रेसले नभई केहि नेता तथा कार्यकर्ताले मात्रै त्यसको कुरा उठाएको बताउनुभयो । तर सरकारले सवै धर्मलाई समान व्यवहार गर्न नसकेकाले त्यसको स्वरुप हिन्दुराष्ट्रको कुरा उठेको उहाँको भनाई थियो ।
काँग्रेसले लोकतान्त्र विरोधी शासन स्वीकार गर्न नसक्ने भन्दै अहिलेको नेकपा चिनिया कम्युनिष्ट पार्टीको सिद्धान्तलाई अंगिकार गर्ने बाटोमा गएकाले आफूहरुको खवरदारी रहेको उहाँको भनाई थियो । हरेक देशका पार्टीवीच सौहार्ददता हार्दिकता विचार आदनप्रदान रहन्छ नेता खाणले भन्नुभयो तर अहिलेको नेकपाले चिनिया कम्युनिष्ट करण गर्न खोजेको भन्दै त्यो नेपालमा सम्भवन नहुने र केपी शर्मा ओली त्यसको बाटोमा अघि बढे ठूलो र्दुघटना हुनसक्ने चेतावनी दिनुभयो । संविधानमै वहुदलिय शासन व्यवस्था स्वीकार गरेर आएपछि चिनमा जस्तो एक दलीय नीति स्वीकार्य नहुने उहाँको भनाई थियो ।
साथै नेपाली काँग्रेसले अव गाउँगाउँका जनतासँग नेताहरुले प्रत्यक्ष भेट्ने गरी तेस्रो चरणको जागरण अभियान संचालन गर्ने पनि बताउनुभयो ।

कार्यक्रममा युवा नेता रामहरी खतिवडा, चितवन जिल्ला अध्यक्ष जित नारायण श्रेष्ठ, सचिव उत्तम जोशि लगायत नेताहरुको उपस्थिती रहेको थियो । प्रेस युनियन अध्यक्ष अनिल ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन शुसिल पन्तले गर्नुभएको थियो । पत्रकार सम्मेलन भरतपुर गार्डेन रिर्सोटमा भएको हो ।