रिसिङ्ग ४ थप्रेक तनहुँमा लाखे नाच, तिज प्रतियोगितामा हिमाल अमा समुह प्रथम

२०७६ भदौ २० गते १५:१७ Flashkhabar


२० ,भदौ । औसरा जुडी सामुदायिक वन रिसिङ्ग गाऊँ पालिका वडा नं ४ थप्रेकमा आयोजना भएको तीज गित प्रतियोगितामा हिमाल आमा समूह रोमुङ प्रथम भएको छ । भाद्र १७ गतेका दिन आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथि गाउँ पालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ रहनुभएको थियो । कार्यक्रमको प्रथम पुरस्कार थप्रेक केसर एण्ड विकास सुन चाँदी पसलका प्रोपाईटर केसर बरालीले उपलब्ध गराउनुभएको थियो । सो अवसरमा नेवार जातीको संस्कृतीको रुपमा परिचित लाखे नाच प्रर्दशन गरीएको वडाअध्यक्ष भोजराज रानाभाटले जानकारी दिनुभयो ।