भरतपुरका युवा व्यवसायी पण्डीतद्धारा १५ जना विद्यार्थीलाई ड्रेस र शैक्षिक सामाग्री प्रदान

२०७६ भदौ २० गते १४:१९ Flashkhabar

२० भाद्र । भरतपुरका युवा व्यवसायी उपेन्द्र पण्डीतले गोरखाको गोरखकाली आधारभूत विद्यालयका विद्यार्थीहरुलाई आज लत्ताकपडा र स्टेशनरी प्रदान गर्नु भएको छ । पण्डीतका अनुसार सो विद्यालयका १५ जना विद्यार्थीलाई स्कुल ड्रेसको स्विटर र रु ६ हजारको स्टेशनरी वितरण गर्नु भएको हो । त्यसैगरि गत वर्षवाट पढाई खर्च वेहोर्दै आएका तीन विद्यार्थीलाई वर्ष दिन भरीका लागि विद्यालय पोशाक र दशैंका लागि एक–एक सेट कपडा खरिद गरिदिनु भएको हो । उहाँले १२ हजार ६ सय ३३ रुपैया वरावरको कपडा खरीद गरिदिनुभएको हो । ती वालवालीकालाई उच्च शिक्षा सम्म पढाउने उहाँले वताउनु भयो । तीनै जना वालवालीका दलित समुदायका हुन । एक जनाको वावु र आमा सम्पर्कमा नरहेको उहाँले वताउनु भयो । यी विद्यार्थीहरु दुई जना कक्षा ६ मा र एक जना कक्षा तीनमा अध्ययन गर्दै आएका छन् । गारेखा नगरपालिका वडा नम्वर पाँचमा रहेको सो विद्यालयमा अधिकांश दलित वालवालिका अध्ययन गर्दै आएका छन् ।