तत्काल सामाजिक सुरक्षा कोषमा जान सकिन्न ः प्याप्सन केन्द्रीय अध्यक्ष पुरी

२०७६ भदौ २० गते १४:०९ Flashkhabar

गैडाकोट, २० भाद्र । प्याप्सनका केन्द्रिय सभापति टिकाराम पुरीले निजी विद्यालय योगदानमा आधारीत सामाजिक कोषमा जान कठिनाई भएको बताउनु भएको छ । असोज मसान्तसम्म मात्रै म्याद दिएकोले त्यसमा सम्भव नभएको तर आगामी बैशाख देखि सुरु गर्नुपर्ने सरकारसँग माग गरिरहेको बताउनुभयो । व्यक्तिगत तर्फबाट २० प्रतिशत योगदान धेरै रहेकोले त्यसमा सरकारले १० प्रतिशत उपलव्ध गराउन सके कार्यकन्वयनमा सहजता आउने उहाँको भनाई थियो । धेरै ग्रामिण क्षेत्रका नीजि विद्यालयहरु आर्थिक समस्याले गुज्रिरहेको बताउँदै त्यसमा सरकारले सहयोग गर्नुपर्ने उहाँको भनाई थियो । श्रममन्त्रीसँग छलफल भइरहेको बताउदै निजि क्षेत्रको जटिलतालाई सरकारले सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो । सरकारले ल्याएको सुरक्षा कोष कार्यक्रम राम्रो रहेको र यसलाई सफल पार्न आफूहरुपनि लागिपर्ने उहाँको भनाई थियो ।