संचारकर्मी रवि लामिछानेको जन्मदिन आज,किशोर श्रेष्ठ र सिधा कुरा जनतासँग वीच किन टकराव? सुन्नुहोस् कुराकानी पनि

२०७६ भदौ १९ गते १४:५७ Flashkhabar

१९ भाद्र । संचारकर्मी रवि लामिछानेको आज जन्मदिन । विकीपीडियाले जनाएअनुसार उनको जन्म सन १९७४ सेप्टेम्वर ५ तारिखमा भएको हो । सिधाकुरा प्रधानमन्त्रीसँग कार्यक्रमाट हटाइएपछि न्युज २४ मा सुरु गरेका कार्यक्रम सिधा कुरा जनतासँगबाट उनी संसारभर चिनिएका छन् । सरोकारवालाहरुलाई खवरदारी गर्ने र पीडितहरुलाई मलम लगाउने कार्यक्रम खट्ने लामिछाने पछिल्लो समय भने धेरै कुरामा अल्झनुपरेको छ । केहि समय अघि मात्रै पूर्व सहकर्मी सालिकराम पुडासैनी मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहनको मुद्दामा हिरासतमा थिए भने अहिले मुक्तभएसँगै उच्च अदालत पाटको हेटौडा इजलासमा जिल्ला अदालत चितवनको आदेश चित्त नवुझेर दायर गराएका छन् । सिधा कुरा जनतासँग कार्यक्रम चलिरहने प्रतिवद्धता जनाएपनि पत्रकार किशोर श्रेष्ठसँगका फोन सम्वाद वाहिरीएसँगै कार्यक्रम उत्पादन दिपक वोहोराको कुरापनि वाहिरीएको छ । झट्ट सुन्दा कार्यक्रमनै खतरामा रहेको वुझिन्छ । यद्यपी चितवनमा आयोजित धन्यवाद सभामा रविले जनताको पीडालाई थप शसक्त आवाज उठाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

 

 

https://en.wikipedia.org/wiki/Rabi_Lamichhane