दलित कामदारलाई निकाल्ने होटल संचालकले मागे माफी , अझैपनि छुवाछुत ! तपाईको भनाई के छ ?

२०७६ भदौ १९ गते १४:०५ Flashkhabar

भाद्र १९ । चितवनको माडी ३ बसन्तपुरमा रहेको एक खाजा घरका मालिकले त्यहि काम गर्ने दलित कामदारलाई कामबाट निकाले । खाजा घरमा कुकको काम गरेका माडी ५ का विकास सुनारलाई कामबाट निकाल्ने संचाललके सार्वजनिक माफी मागेका छन् । माडी नगरपालिकामा भएको छलफलमा संचालक कृष्ण घर्ती र घरवेटी प्रिती ढकालले सार्वजनिक माफी माग्नुका साथै सुनारलाई पुन सोही काम दिनपनि सहमत भएका हुन् । गत भदौ ७ गते कामबाट निकालेपछि ११ गते पीडित सुनारले माडी नगरपालिकाको न्यायीक समितिमा उजुरी दिनुभएको थियो । तर न्यायीक समितिले उजुरी दर्ता नगरी दुबै पक्षबिच छलफल गराई घर्ती र ढकाललाई माफी मगाएको हो ।