मौलिकता हराएको कोठे तीज

२०७६ भदौ १६ गते १६:२५ Flashkhabar

डोलराज रानाभाट, गैडाकोट, १६ भाद्र । विगत वर्षहरुमा जस्तो रौनकता तीजमा घट्दै गएको छ । गाउँदेखि शहर अनि बजारमा उपस्थित हुने मानिसहरुको संख्यामा कमी हूँदै गएको हो । नवलपुरको कावासोती देखि गैडाकोटसम्मका तीज विशेष कार्यक्रम हेर्दा धेरै ठाउँमा आयोजकमा व्यक्ति र उपस्थित बरावर जस्तै देखिन्थे भने धेरै ठाउँमा तोकिएको भन्दा ढिला गरी मात्रै कार्यक्रमहरु भएका थिए । मानिसहरु बजारमा आएका गितहरु घन्काउँदै कोठामै रमाईलो गर्ने र तीज मनाउनेहरुको संख्या बढेको पाइयो ।

पहिले पहिले जस्तो चोकचोकमा भेला भएर समूह समूह वनेर तिज गित अर्थात झोरा गाउने प्रचलन हट्दै गएको देखियो । चोकचोकमा कार्यक्रम त भए तर राष्ट्रिय र स्थानीय कलाकारहरुको संख्या धेरै थियो जहाँ तीजको मर्म बोकेका गित भन्दा बढि आधुनिक शैलीका गित धेरै बजाएको र गाएको देखियो । कहिकतै उमेर ढल्किएका आमाहरुले आफै गित गाएपनि संख्या भने धेरै न्यून देखिन्थ्यो । यहि लय आगामी बर्ष झन् बढ्दै जाने धेरैको आशंका छ जसले तीजको मौलिक मर्म हराउने छ भने रमाइलोका लागि जस्तो पनि गर्ने प्रणालीको विकास हुदैजानेछ । त्यसैले बेलैमा सोच्ने की सवैले रु