देवचुली नगरपालिकाकाे आग्रहमा ३० जना सैनिक उद्धारमा

२०७६ जेठ १२ गते १७:१९ Flashkhabar

कावासोती हात्तिखोरमा रहेको नेपाली सेनाको श्री नम्बर २ वन तथा पर्यावरण सुरक्षागणका ३० जना दक्ष सैनिकलाई उद्धारमा खटाइएको छ ।देवचुली नगरपालिकाकाे आग्रहमा एक अधिकृतको कमाण्डमा ३० जना सेना परिचालन गरिएकाे छ। देबचुली नगरपालिकाका नगर प्रमुख पुर्ण कुमार क्षेष्ठज्यूकाे आग्रहमा सेना परिचालन गरिएकाे हाे। विपदकाे विवरण हाल सम्म घर, गाेठ, टहरा जम्मा गरी ३२ घर पूर्ण क्षति रहेकाे छ भने ३८३ आंशिक क्षति रहेकाे छ । थप विपदकाे विवरण संकलनकाे कार्य भइरहेकाे छ । पशुपंक्षी तथा बालीनालीकाे विवरण पनि संकलनकाे क्रममा रहेकाे छ । ३५ अाै नगरकार्यपालिकाकाे बैठकबाट पूर्ण क्षति भएका परिवारलाई नगद रू २० हजार र आंशिक क्षति भएका परिवारलाई नगद रू १० हजार सहयोगको लागि निर्णय भएकाे छ। सहयाेग संकलनकाे लागि
“देवचुली नगरपालिका मेयर विपद राहत काेष ” नेपाल इन्भेष्टमेण्ट बैककाे खाता नं. 05701040250054 खाेलिएकाे छ भने अावश्यक सहयाेगकाे लागि सबैमा अनुराेध गरिएकाे छ।