सन् २०३० सम्म मुद्रा हट्छ, अब डिजिटल फाइनान्सको अवधारणमा अघि बढौँ – नेफ्स्कून उपाध्यक्ष पौडेल

२०७६ वैशाख २१ गते १२:०३ श्रीधर उपाध्याय

एक्सेस ब्राण्डिङ्ग कार्यक्रम मध्य पश्चिम क्षेत्र तेस्रो ब्याचको २४ आँै कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला

गैँडाकोट, २१ बैशाख । नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका केन्द्रीय उपाध्यक्ष परितोष पौड्यालले अब सहकारीहरु डीजिटल फाइनान्सको अवधारणामा अघि बढ्नुपर्ने बताउनुभएको छ । एक्सेस ब्राण्डिङ्ग कार्यक्रम मध्य पश्चिम क्षेत्र तेस्रो ब्याचको २४ आँै कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशालामा पौडेलले डिजिटल फाइनान्सको अवधारणामा अघि बढ्नुपर्ने धारणा राख्नुभएको हो । शनिबार गैँडाकोट स्वाभिमान साकोसको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा गैँडाकोटमा कार्यक्रमको आयोजना गरिएको थियो । पौडेलले सन् २०३० सम्ममा पूर्णतः मुद्रा निस्तेज हुने भएकाले अहिले नै सहकारीहरु त्यस बाटोमा हिंड्न आवश्यक भएकोमा जोड दिनुभएको छ ।

यसैगरी उद्यमशीलता पश्चात आर्थिक वृद्धि आवश्यक र त्यसका लागि व्यवसायिक कार्ययोजना र सदस्यको जीवनशैलीमा परिवर्तन ल्याउने कार्यक्रममा जोड दिन आग्रह गर्नुभयो । समृद्धिका लागि कूलग्राहस्थ उत्पादन, प्रतिव्यक्ति आय, राष्ट्रिय बृद्धि आवश्यक भएको भन्दै यस तर्फ पनि सहकारीले विशेष भूमिका खेल्न सझाब दिनुभयो । भर्खरै आएको सहकारी ऐन नियमावलीका सन्दर्भमा संशोधनका लागि छलफल भइरहेको बताउनुभयो । गण्डकी प्रदेश र संघसंरकारको नियमावली बाझीएका कारण पनि त्यसका लागि छलफल जारी रहेको पोैडेलले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले सहकारीकर्मीहरुको सुझाबको आधारमा सहकारीको विकासको लागि आफू निति तथा कार्यक्रम मा सmुभाब लिन समेत तयार रहेको बताउनुभयो ।
विश्वमा नेपाल सामुदायिक वनका कारण परिचित रहेजस्तै अब सहकारीले पनि विश्वजगतमा स्थानका लागि क्रियाशीलता रहनुपर्ने र उत्पादनमूलक क्षेत्रमा लगानी गरी नगर समृद्धिको अभियानमा टेवा पु¥याउन नगरप्रमुख पौडेलको जोड थियो ।
आयोजक संस्था गैँडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष देवराज पौडेलले एक्सेस ब्राण्डिङ कार्यक्रमले हामीलाई प्रविधि उन्मुख बनाएको बताउनुभयो ।

जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष माधवप्रसाद गौतमले सहकारीहरुमा जसले पल्र्सको सिद्धान्तलाई अनुसरण गरी अघि बढेका हुन्छन् उनिहरु सफल भएको बताउनुभयो ।

संविधान सभाका पूर्व सभासद कृष्ण पौडेलले मूलुकको अर्थतन्त्रलाई अघि बढाउन सहकारीको भूमिका रहेको बताउँदै कार्यशाला गोष्ठीले सहकारी मूभमेण्टलाई बढी क्रियाशील बनाउने विश्वास व्यक्त गर्नुभयो ।

नेफ्स्कूनका सञ्चालक चण्डिप्रसाद शर्माले राज्यले सहकारीलाई हातखुट्टा बाँधेर दौडी भनेको बताउनुभयो । सहकारी ग्राम गैँडाकोटमा सहकारीको विकासका लागि नमुना काम गर्न नगरप्रमुख पौडेललाई आग्रह गर्नुभएको थियो ।

नेफ्स्कूनका सञ्चालक भरत दवाडीले सहकारी महत्वपूर्ण औजार भएकाले यसले वित्तिय अनुशासनलाई ध्यानमा राख्दै सदस्यको जीवनशैली परिवर्तनमा क्रियाशीलता हुनुपर्ने धारणा राख्नुभएकोछ ।

कार्यक्रममा संस्थाका पदाधिकारी तथा विभिन्न सहकारीका पदाधिकारीको उपस्थिति रहेको थियो । कार्यक्रममा सूर्योदय साकोस स्याङ्जा, उपकार साकोस स्याङ्जा, सिवाइसी साकोस बाग्लुङ, युवा साकोस बनेपा, चण्डेश्वरी साकोस काठमाडाँै, बाबिया खर्क काठमाडौँ , मन्थली साकोस र गैँडाकोट स्वाभिमान साकोसको सहभागिता रहेको थियो । कार्यक्रममा नेफ्स्कूनका कार्यक्रम अधिकृत प्रेमनाथ वाग्लेले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रमको सहजीकरण संस्थाका सचिव विष्णु शर्माले गर्नुभएको थियो भने स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष पोषणाराज सुवेदीले गर्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष देवराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।