गैँडाकोटको पहिचानका लागि एउटै पोशाक – गैँडाकोट नगरप्रमुख छत्रराज पौडेल

२०७६ वैशाख २ गते १५:२० डोलराज रानाभाट

 

बैशाख, २ गैाँडाकोट । गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले नगरको पहिचान निर्माणका लागि शिक्षा क्षेत्रमा नयाँ सोच ल्याउनुभएको छ । नगर प्रमुख पौडेलले गैडाकोट नगरपालिका भित्र रहेका नीजि तथा सामुदायिक विद्यालयका सवै विद्यार्थीहरुको एउटै ड्रेस बनाउने योजना अघि सार्नुभएको छ । विद्यालयका प्रधानाध्यापकहरुसंगको छलफलमा नगरप्रमुख पौडेलले यस्तो आग्रह गर्नुभएको हो । नीजि तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको एउटै डिजाइनको डे«स बनाउने कुरामा छलफल गरेर सुझाव दिन गैडाकोटका मेयर छत्रराज पौडेलले नगरमा रहेका विद्यालयका प्रधानाध्यापकहरुलाई आग्रह गर्नुभएको छ । ड्रेस देख्नासाथ गैडाकोटका विद्यार्थी हुन् भन्ने थाहा हुने र ड्रेसमा गैडाकोट झल्कन केहि चिन्हहरुपनि राख्ने गरि छलफल गर्न आग्रह गरिएको हो । सम्भव भए यसै शैक्षिक सत्र नभए अर्को शैक्षिक सत्रबाट लागुहुने गरि छलफल अगाडी बढाउने उहाँले आग्रह गर्नुभयो ।

गैडाकोट नगरपालिका शिक्षा शाखाको आयोजनमा आज प्रधानाध्यापकहरुको बैठकमा मेयर पौडेलले भर्ना अभियानलाई पनि प्रभावकारी बनाउन जोड दिनुभएको छ । कुनैपनि विद्यार्थी विद्यालय वाहिर नरहने गरि भर्ना अभियान चलाउने र त्यसमा नगरपालिकाकाले पूर्ण सहयोग गर्ने मेयर पौडेलले प्रतिवद्धता जनाउनुभएको छ । समयमै पाठ्यपुस्तक विद्यार्थीहरुको हातहातमा उपलब्ध गराउन र शिक्षकहरुको पढाउने सीपको विकासकालागि तालिमहरु संचालन गरिने उहाँको भनाई छ ।

नगर शिक्षा अधिकृत ऋषिराम शर्माले सवै सामुदायिक विद्यालयहरुको खातामा नियमानुसारको ७५ प्रतिशत बजेट गइसकेको र कुनै विद्यालयले पाठ्यपुस्तक उपलब्धमा ढिलाई गरे उजुरी गर्न विद्यार्थी अभिभावकलाई आग्रह गर्नुभएको छ । वैठकको विषयमा कुरागर्दै शर्माले नीजि विद्यालयको शुल्क पनि यस वर्ष यथावत राख्न मेयर पौडेलले निर्देशन दिनुभएको छ । संघीय र प्रदेश ऐन आएपछिमात्रै नियमानुसार शुल्क बढ्ने भएकोछ ।

नीजि विद्यालयहरुले सिन्डीकेट अनुसार एउटै पसलबाट पुस्तक किन्न भनेर आफु ठगिएजस्तो लागेमा पनि अभिभावक तथा विद्यार्थीले नगरको शिक्षा शाखामा उजुरी दिन शर्माले आग्रह गर्नुभयो । हरेक महिनाको ८ गते हुने प्रअहरुको नियमित वैठक भर्ना अभियान २०७६ को कारणले आज बसेको हो ।