बिरानो यो मुलुक माझमा एक्लो निराधार

२०७५ चैत १७ गते १:५३ Flashkhabar

लागेँ परदेश छाडी सबै जहान परिवार
धन कमाउने जागेपछि इच्छा बारबार

चढेँ जहाज सजाउँदै मनका सपनाहरू
बन्धकीमा घर खेतबारी बोक्दै ऋणभार

न भो परदेश सोचे जस्तो न कमाइयो धन
बिरानो यो मुलुक माझमा एक्लो निराधार

घर परिवार इष्टमित्र सम्झना छ उनकै
मात्रै यो तन परदेशी भो मन छ उतै तर

दया माया छैन न ख्याल बिरामी भै लड्दा
फर्किने पो हो कि होइन के नै ठेगान छर ।।