धार्मिक पर्यटकीय गन्तव्य स्थल बन्दै गैंडाकोट

२०७५ चैत १६ गते १६:५९ – भूमीश्वर शर्मा ‘भावुक’

गैंडाकोट स्वयं ऐतिहासिक, पुराताŒिवक धार्मिक एवं प्राकृतिक महŒव भएको हिमवत् खण्डका रूपमा सुपरिचित नेपालको मध्य भूभागमा पर्ने ऋषिमुनीहरूको तपोभूमि प्रसिद्ध तीर्थस्थल देवघाटधाम परिसरसँग जोडिएको, विश्वप्रसिद्ध हिमश्रृङ्खला धवलागिरीको काखमा स्थित पवित्र तीर्थस्थल मुक्तिनाथबाट प्रवाहित कालिगण्डकी नदी एवं नारायणी नदीको काखमा अवस्थित सुप्रसिद्ध तीर्थस्थल एवं शक्तिप्रबल माता मौलाकालिका भगवतीको मन्दिरलाई शिरमा सजाएका प्राकृतिक सुन्दरताले भरिपूर्ण कला साहित्य एवं संस्कृतिको केन्द्रका रूपमा परिचित गैंडाकोटले सायद जोकोही पर्यटकको मनलाई आफूतिर आकर्षण नगरी कसैलाई पनि उम्कन दिँदैन होला ।

यहाँ पर्यटकको मन लोभ्याउने मौलाकालिका मन्दिरलगायत प्रशस्त मात्रामा ऐतिहासिक स्थल, मठ, मन्दिर, आश्रम एवं धार्मिक संस्थाहरू छन्, जुन धार्मिक, ऐतिहासिक र प्राकृतिक सुन्दरताले पूर्ण छन् । यी ठाउँहरूको अवलोकन गर्दा लाग्छ, साँच्चिकै गैंडाकोट एउटा भूस्वर्ग हो । यहाँ अवस्थित विभिन्न धार्मिक एवं ऐतिहासिक संस्थाहरूको आवश्यक संरक्षण एवं प्रचारप्रसार गर्ने हो भने भोलिका दिनहरूमा यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्य स्थल बनाउन सकिन्छ । गैंडाकोट नगरपालिकास्थित प्रसिद्ध मौलाकालिका मन्दिर, लक्ष्मीनृसिंह दिव्यधाम, निम्बार्क दर्शन केन्द्र, शुकदेव भागवत आश्रम, वराह अवतार विद्यावासिनी भगवती मन्दिर, लक्ष्मीनारायण मन्दिर, सिद्धिविनायक गणेश मन्दिर,गोपेश्वर मन्दिर, सीताराम मन्दिर रामघाट क्षेत्र विकास समिति, कालिका मन्दिर कालिका आश्रम, हनुमान् मन्दिर, सरस्वती मन्दिर, चुवाडी वसुन्धरा मन्दिर, कोटेश्वर महादेव मन्दिर, भीमसेन मन्दिर गैंडाकोट–३, शिवालय मन्दिर, देवीस्थान मन्दिर, दुर्गामन्दिर गैंडाकोट–१२ सिख्रौली, दुर्गा मन्दिर गैंडाकोट–१६ लगायत साङ्के छ्योलिङ महाबौद्ध गुम्बा, टासी छ्योलिङ बुद्ध गुम्बा, मेला कक्युलिङ महाबुद्ध गुम्बा गैंडाकोट–९, ॐ शान्ति ब्रéाकुमारी ईश्वरीय विद्यालय राजयोग उपासना केन्द्र यहाँस्थित विभिन्न चर्च, विभिन्न कुलदेवताका मन्दिरहरू, योगशाला मन्दिर, गीता पाठशाला गरी सयौँको सङ्ख्यामा धार्मिक संस्थाहरू छन् । धार्मिक पवित्रता र प्राकृतिक सुन्दरताको मिलनका कारण गैंडाकोट आज ऐतिहासिक एवं धार्मिक अन्तर्राष्ट्रिय पर्यटनको आकर्षण केन्द्र बन्दै गइरहेको छ ।

यसैगरी, गैंडाकोट नगरपालिकाभित्रै रहेको मुकुन्दसेन डाँडा, जहाँ राजा मणिमुकन्द सेनका पालामा बनाइएको दरबारको भग्नावशेष छ, त्यहाँ त्यतिबेलाका अन्य ऐतिहासिक वस्तुहरू देख्न पाइन्छ । यही मुकुन्दसेन डाँडाबाट देखिने प्राकृतिक सुन्दरता र यस क्षेत्रमा रहेका अन्य ऐतिहासिक स्थलहरूले गर्दा यो ठाउँ ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले अत्यन्तै महŒवपूर्ण मानिन्छ । जसको उचित संरक्षण र प्रचारप्रसार नभएकाले ऐतिहासिक महŒवको स्थल हुँदा हुँदै पनि ओझेलमा परेको हो । यसैगरी हाम्रो यसै नगरीमा पर्ने सुप्रसिद्ध धार्मिक पर्यटकीय स्थल एवं शक्तिप्रबल भगवती माता मौलाकालिका मन्दिर र मन्दिर परिसरबाट देखिने लोभलाग्दो प्राकृतिक सुन्दरताका दृश्यहरूको अवलोकन गर्दा आफै त्यहीँकतै हराएको जस्तो स्वर्गको आभास मिल्छ । यहाँबाट देखिने उत्तरपूर्वस्थित प्रसिद्ध तीर्थस्थल देवघाटधाम, पवित्र नदी कालिगण्डकी एवं त्रिशूली नदीका साथसाथै विभिन्न पर्वतीय श्रृङ्खलाहरू, सयौँ डाँडा भन्ज्याङ हरियाली वनजङ्कललगायत प्राकृतिक दृश्यहरू देख्न सकिन्छ । यतिमात्र होइन दक्षिण पश्चिमबाटसुन्दर नगरी गैंडाकोटलाई काखमा राखी अविरल रूपमा बगेकी पवित्र नारायणी नदी, चितवनस्थित राष्ट्रिय निकुञ्ज, प्रख्यात पर्यटकीय स्थल सौराहालगायत अन्य हराभरा वनजङ्कल खेतबारीका फाँट एवं बजार क्षेत्रको अवलोकन गर्न सकिन्छ ।

मौलाकालिका भगवती माता साक्षत् भगवती हुन्, मागेको वर दिन्छिन् र सम्पूर्ण इच्छाहरू पूरा गरिदिन्छिन् भन्ने भक्तजनहरूको विश्वास रहेको हुँदा मन्दिरमा प्रत्येक दिन हजारौँ भक्तजनहरूको भीड लाग्ने गर्दछ र यो क्रम दिनानुदिन बढ्दै छ । यही विशेषताले होला संस्कृति तथा पर्यटन मन्त्रालयले सन् २०११ मा नै धार्मिक पर्यटकीय गन्तव्य स्थलकारूपमा मौलाकालिका मन्दिरलाई सूचीकृत गरिसकेको छ ।

वास्तवमै गैंडाकोट विचित्रको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुराताŒिवक महŒव भएको एउटा भूस्वर्ग हो । यसै क्षेत्रको गैंडाकोट–३ मा अर्को एउटा ऐतिहासिक स्थल माकरुम डाँडा छ । जुन डाँडामा सेनवंशीय राजा मणिमुकुन्द सेनले तपस्या गरेका थिए, जहाँ उनको सुरक्षित वासस्थान पनि थियो, जसको केही भग्नावशेष अहिले पनि देख्न सकिन्छ । यहाँस्थित रानीकुवाले अनि यहाँस्थित फलफूल बगैंचाले यसको थप पुष्टि गर्दछ । अमूल्य जडीबुटीहरूको भण्डार भएको यस डाँडाका सबै ऐतिहासिक कुराहरू अझै बाहिर आउन सकेका छैनन् । योगी नरहरिनाथले अमूल्य जडीबुटीहरूको भण्डार भएको यस डाँडामा थप केही रहस्यमय पुराताŒिवक सम्पदा एवं ऐतिहासिक वस्तुहरू छन्, तिनीहरूको खोजविन र संरक्षण गर्नुपर्छ, यो निकै महŒवपूर्ण पहाड हो भन्नुभएको कुरा उहाँको संगतगर्ने र उहाँका अनुयायीहरू बताउनुहुन्छ । भौगोलिक विकटताका कारण एवं सम्बन्धित निकायले चासो नदेखाई यसको उचित संरक्षण र प्रचारप्रसार नभएका कारण ऐतिहासिक हुँदा हुँदै पनि छायामा परेको छ । मौलाकालिका डाँडाभन्दा पनि उचाइमा रहेको यो ऐतिहासिक डाँडो र यहाँबाट देखिने, तनहुँ, नवलपरसी र चितवनका प्राकृतिकसुन्दर दृश्यहरूले र यहाँ पाइने अमूल्य जडीबुटीका कारण पनि यो त्यति चर्चामा नआएको तर अत्यन्तै महŒवपूर्ण एवं ऐतिहासिक स्थल हो भन्न सकिन्छ । आशा गरौँ भोलिका दिनहरूमा यसको र यहाँस्थित केही थप रहस्यमय र ऐतिहासिक स्थलहरू बाहिर आउनेछन् र यो डाँडो एउटा पर्यटकीय केन्द्रका रूपमा सुपरिचित हुनेछ । गैंडाकोट नगरीभित्र पर्ने ऐतिहासिक महŒवका स्थलहरू, मुकुन्दसेन डाँडा र माकरुम डाँडा संरक्षणको पर्खाइमा रहेका यी स्थलहरू गैंडाकोट नगरीका मात्रै नभएर नेपालकै अत्यन्तै महŒवपूर्ण ऐतिहासिक स्थल हुन् ।


गैंडाकोट धार्मिक पदमार्गको एउटा नमुना गन्तव्य स्थल बन्न सक्छ । मुकुन्दसेन डाँडाबाट मौलाकलिका मन्दिर हुँदै देवघाटधाम जाने पदमार्ग धार्मिक एवं ऐतिहासिक रूपले पनि अत्यन्तै महŒवपूर्ण छ । सेनवंशीय राजा मणिमुकुन्द सेनले प्रयोग गर्ने यो पदमार्ग अहिले पनि प्रयोगमा छ । तर यस मार्गको मर्मत संहार एवं उचित संरक्षण र प्रचारप्रसार हुन नसकेका कारण हिजोका दिनसम्म ऐतिहासिक एवं धार्मिक पदमार्ग भईकन पनि यसको त्यति चर्चा हुन सकेको तर यतिबेला मौलाकालिका मन्दिरदेखि देवघाटधाम जाने सिँढीको निर्माण कार्य भइरहेको छ । यो सिँढीमार्ग पूरा भइसकेपछि मौलाकालिका मन्दिर हुँदै सिधै देवघाटधाम पुग्न निकै सजिलो हुनेछ र यस मार्गको महŒव अझै बढ्ने छ । यसैगरी मुकुन्दसेनदेखि मौलाकालिका मन्दिरमा आउने धार्मिक पदमार्ग, हर्दीदेखि माकरुम डाँडा जाने पदमार्ग र देवघाटधामलाई धार्मिक पदमार्गद्वारा जोड्न सकियो भने यो नगरी धार्मिक पर्यटकीय पदमार्गका रूपमा पनि एउटा नमुना नगरी बन्न सक्छ । गैंडाकोटको हर्दी, केलादी, रतनपुर आदि गाउँहरू जहाँ जनजातिहरूको बसोबास छ र जहाँका बासिन्दालेआफ्नै कला एवं संस्कृतिका कारण आÇनो छुट्टै पहिचान भएका बनाएका छन् । यी गाउँहरूमा होम स्टे सञ्चालन गर्न सकियो भने यहाँ लाखौँ विदेशी एवं स्वदेशी पर्यटकहरू भिœयाउन सकिन्छ । जसबाट हुने आम्दानीले यहाँका स्थानीय जनताहरूको आर्थिक स्थितिमा सुधार हुनाको साथै समग्र गैंडाकोटकै विकासका निम्ति कोसेढुङ्का सावित हुनेछ । गैंडाकोटस्थित माथि उल्लिखित मन्दिरहरू, गुम्बाहरू अनि चर्चहरूलगायत अन्य थुप्रै धार्मिक सङ्घसंस्था, देवालयहरूलाई जोड्ने चक्रपथको निर्माण गर्न सकियो भने गैंडाकोट एउटा नमुना धार्मिक पर्यटकीय गन्तव्य स्थल बन्न सक्छ । पक्कै पनि एउटै नगरपालिकाभित्र यति धेरै धार्मिक सङ्घसंस्था र ऐतिहासिक, पुराताŒिवक महŒवका स्थलहरू हुनु हाम्रा निम्ति निकैगौरवको विषय हो । यतिमात्र होइन यहाँका बासिन्दाहरू मन्दिर, गुम्बा, चर्चा, जुनसुकै धार्मिक संस्थामा संलग्न भएपनि परस्परमा एकले अर्कालाई सहयोग र सद्भाव राखेको पाइन्छ । यो हामीले गौरव गर्नुपर्ने अर्को विषय हो वा यहाँको अर्को विशेषता हो ।

यथार्थमा प्राकृतिक सुन्दरताले भरिपूर्ण, धार्मिक दृष्टिकोणबाट अत्यन्त पवित्र भूमि, भौगोलिक, ऐतिहासिक, कला एवं सांस्कृतिक रूपले धनी, सहकारी भावनाका दृष्टिले देशकै नमुना नगरी, स्वास्थ्य शिक्षा र सञ्चारका दृष्टिले निकै अब्बल भूमि, जैविक एवं प्राकृतिक दृष्टिकोणबाट पनि महŒवपूर्ण स्थानका रूपमा चिनिने, औद्योगिक दृष्टिकोणबाट एउटा राम्रो सम्भावना बोकेको नगरी, सबै दृष्टिकोणबाट एउटा नमुना र महŒवपूर्ण स्थानका रूपमा रहेको, स्वर्गको एउटा सानो संसारजस्तो लाग्ने, मुलुककै प्रसिद्ध नगरीलाई विश्वकै एउटा नमुना धार्मिक पर्यटकीय गन्तव्य स्थलका रूपमा विकास गरी विश्वको ध्यानाकर्षण गर्न सकिन्छ ।

(गैंडाकोट–१, जजुवा निवासी लेखक शर्मा, मानव अधिकार तथा शान्ति समाजसँग आबद्ध हुनुहुन्छ,)