सौराहा फुड फेष्टिवलमा भलिवल ः वडा नं ७ को विजयी सुरुवात

२०७५ माघ २९ गते १३:१४ Flashkhabar


रत्ननगर २९ माघ । सौराहामा जारी १३ औं फुड फेष्टिवल अन्तर्गत आयोजना गरिएको प्रथम मेयर कप भलिवल प्रतियोगितामा वडा नं ७ ले विजयी सुरुवात गरेको छ । मंगलवार भएको पहिलो खेलमा वडा नं १० लाई सोझो सेटले पराजित गर्दै वडा नं ७ ले विजयी सुरुवात गरेको हो । फेष्टिवलको आयोजक संस्था रेष्टुरेष्ट एण्ड वार एसोसियसन रेवान सौराहाको संयोजनमा रत्ननगर नगरपालिकाले आयोजना गरेको सो प्रतियोगिताको मेयर नारायण वनले उद्घाटन गरेका थिए । मेयर वनले प्रमुख रेफ्रिलाई वल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरेका हुन । सो अबसरमा उनले रत्ननगरको खेलकुलको विकासका लागि फेष्टिवलको अबसर पारेर खुल्ला भलिवल आयोजना गरिएको बताए । प्रतियोगितामा वडा नं ७,१०,१३,१४,बलेसी रेष्टुरेष्ट र लक्ष्मी पोल्ट्री खैरहनीको सहभागिता रहेको नगर खेलकुद विकास समितिका संयोजक केशव आचार्यले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टिमले ७५ हजार र दोश्रो हुने टिमले ५१ हजार नगर पुरस्कार प्राप्त गर्ने फेष्टिवलका संयोजक ध्रुर्व गिरीले जानकारी दिए । प्रतियोगिता सुरुहुनु पूर्व मंगलवार नै जानकी मावि मेघौलीका छात्राहरु बीच मैत्रीपूर्ण भलिवल प्रतियोगिता गरिएको थियो । आयोजक रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीको अध्यक्षतामा भलिवल उद्घाटन कार्यक्रम भएको थियो ।