नेपाली बाजे समाजिक सेवामा लाग्दै

२०७५ पुष २२ गते १६:३३ Fastkhabr

नेपाली बाजेका संस्थापक दिवश सापकोटा हुन् । उनि निकै रमाइलो मान्छे हुन् । आफ्नो उमेर भन्न खासै रुचाउँदैनन् । आफ्नो उमेर ९० पुगेर ८९ लागेको बताउँछन् । आफू बाजे भएकाले परिपक्व सम्झन्छन् । पश्चिम चितवन मेघौलीमा उनको जन्म भएको हो । त्रिवि अन्तर्गत ईलेक्ट्रोनिक्स ईन्जिनियर गरेका छन् । जागिर भने खोजी हालेका छैनन् । अहिले उनि नेपाली बाजे ग्रुप सञ्चालनमा व्यस्त छन् । आफ्नो प्रेमका बारेमा खासै खुल्दैनन् । फुर्सदमा प्रेमका कथा बताउँछु भन्ने उनि जानेर नजानेर प्रेममा परेका भने छन् । नेपाली बाजे ग्रुप सञ्चालन गरेर चर्चा बटुलेका सापकोटा अहिले समाजिक काम सुरु गरेका छन् । फेसबुक ग्रुप समुदाय हो । समुदायलाई सामाजिक काममा लगाउनुपर्दछ उनको धारणा छ । केही समय यता नेपाली बाजे समाजिक काममा व्यस्त छ । नेपाली बाजे के हो ? यसका काम के हुन् ? यसको उद्देश्य के हो भनेर जान्न उनको विगत फर्कनुपर्दछ । उनि सञ्चारकर्मी पनि हुन् । उनको रेडियोको यात्रा जाने पछि मात्र नेपाली बाजेको कथा जान्न सक्छाँै ।

 

म सानो देखि नै अरुको नक्कल गर्ने स्वभावको थिए, स्कुल कलेजमा पनि सरहरुको क्यारिकेचर गरि रहन्थे, रमाईलो र ठट्टा गर्न एकदमै उत्सुक थिए र छु पनि । फेरि सानो देखि नै बढी रेडियो सुन्ने स्वभाव थियो । रेडियोमा हुने फोन प्रोग्राममा बुवाको फोन मागेर कल गर्थे र कुरा गर्थे । यति सम्मकि एक पटक बिग्रेको माईक बोकेर रुख माथी बसेर साथिलाई तल राखेर रेडियोमा कार्यक्रम वाचकले जसरी बोल्ने गर्थे ।
यस्तै संयोग बस नै भन्नू पर्छ, म गैडाकोट बस्ने क्रममा घुम्दै विजय एफ.एम मा पुगे, एक पटक भित्र गएर सोधी हेरौन कुनै कमेडी प्रोग्राम चलाउने आवश्यक परेको छ कि भनेर आफै गार्ड दाइ सङ्ग अनुमती लिएर भित्र प्रवेश गरेँ, त्यहा पहिले भेट भुमी सर सङ्ग भयो, सर पनि अचम्म मान्नु भयो, अचानक म त्यहा पुगेर “यहाँ कुनै कमेडी प्रोग्राम चलाउने चाहिएको छ र ? ” भन्दा । सरले के आउँछ तपाईलाई सुनाउनुहोस भन्नू भयो, मैले आफुलाई आउने सबै कलाकार देखि नेताहरुको क्यारिकेचर गरेर सुनाए, त्यो सुनेर भुमी सर म प्रती सकारात्मक हुनु भयो र केही दिन ट्रेनिङ लिएर अनि अनईयर मा जाउला भन्नू भयो । सोही अनुरुप मैले एक हप्ता जति ट्रेनिङ गरे, एक हप्तामा नै मेरो प्रस्तुति अब्बल देखेर सरले आउने शनिवार देखि कार्यक्रम चलाउन आउ भनेर भन्नू भयो । शनिबार देखि ढुंगेधारा, काउकुती लगायतका कार्यक्रम सुरु गरे । यसरी मेरो रेडियोमा प्रवेश हुन पुग्यो ।

राम्रो कुरा धेरै छन् ती मध्य मेरो बोल्ने क्षमताको वृद्धि भयो र आत्मविश्वास बढायो । विजय एफ एम मेरा लागि आत्मविश्वासको टर्निङ प्वाइन्ट थियो ।

वास्तवमै सबै भन्दा कठिन महशुस गरे मैले चाहिँ । मेरो आफ्नो दुईटै प्रोग्राम शनिबार थियो, हप्ताको एक दिन समय दिदा पनि कहिले काहीँ के काम गरेछु यस्तो हुन्थ्यो, यति सम्मको कि चाडवाड, रमाईलो भनेर कतै गए पनि आफ्नो समयमा पानी मुनि भए पनि अफिस आईपुग्नु पर्ने । सार्है कठिन नै हो, तर हाम्रो कारणले सारा नेपालिहरुले आफ्नो गाउँ ठाउमा भैरहेको घटना, समाचार हरु पल भरमै पाईहाल्ने हुदा यो पेशामा लाग्दा साच्चिकै गर्व महसुस गर्थे र गरिरहेको छु पनि ।

नेपाली बाजे एक सामाजिक सन्जाल हो । म काठमाडौमा बस्दा, एक रात फेसबुक चलाई रहेको थिए त्यही बेला कुनै अन्जान व्यक्तिको लाईभ आईरहेको रहेछ, त्यो लाईभ हेर्दा मलाई पनि आफू भित्र भएको कला प्रस्तुत गर्न मन लाग्यो, र त्यहि रात लाईभ मार्फत हजुरबुबाको आवाजमा आए, उक्त लाईभमा धेरै फलोअर्स पाए, यसरी नै सधै बेलुका बेलुका फुर्सदमा आई राख्थे, एक दिन मेरो आत्मिय मित्र पेम्बा लामा काठमाडौ म बसेको ठाउमा आउनु भयो, सङ्गै घम्न जाउ भन्नू भयो र हामी उपत्यकाको नजिकै रहेको सागामा गयौ, त्यहाँ बाट नि मैले हजुरबुबाको आवाजमा लाईभ गर्न खोज्दा उक्त फेसबुक ग्रुपको एड्मिनले लाईभ नै हटाईदिनु भयो । यो कुरा मनमा परि रहेको थियो, बेलुका घर फर्किदा मित्र पेम्बाले सोध्नु भयो किन मलिन छौ तिमी भनेर,मैले सबै कुरा भने पछि, त्यस्तो ग्रुप आफैले नि खोल्न सकिन्छ भन्नू भयो र मलाई नेपाली बाजे नाम नै राखेर ग्रुप खोल्न सल्लाह दिनु भयो र त्यही दिन मैले नेपाली बाजे नाम बाट फेसबुकमा ग्रुप खोलेको थिए । त्यसैले पनि नेपाली बाजे ग्रुप संस्थापकको श्रेय पेमा लामा लाई नै दिने गरेको छु ।

वास्तवमै विजय एम एम मा मैले हजुरबुवा को ढुङ्गेधाराको चौतारी कार्यक्रम चलाउदा, यो आवाजलाई धेरै ले रुचाउनु भएकै कारणले गर्दा नै मैले लाईभ गर्दा नि हजुरबुबाको आवाजबाट नै गरेको थिए र उक्त कार्यक्रम पेम्बा मित्रले पनि सुनिराख्नु हुन्थ्यो, त्यसैले पनि उँहाले आफुलाई आउने कला बाटै नाम राख्दा उपयुक्त होला भनेर नेपाली बाजे नै राखेको हो । पेम्बा लामा विजय एफएमका प्राविधिक हुनुहुन्थ्यो ।
यो एउटा मनोरञ्जन सोचले खोलेका थियौ,यशमा जोडिने धेरै जसो युवावर्गनै हुनुहुन्छ,सबै ट्रोल र रमाईलो कुरामा रम्ने भएको ले त्यही अनुरुप अघि बढाएका थियौ तर बिस्तारै धेरै भन्दा धेरै युवाको आवाज सामाजिक कार्य प्रती पनि हामी युवाको केही भुमिका हुनु पर्छ है भन्दै गर्दा सामाजिक कार्यमा पनि सकृय भएका हौ।

हामिले जति पनि कार्यक्रम हरु गर्यौ,अनेकौ चुनौतिहरुको सामनाको बिचमा गर्यौ,कतिले खिल्ली पनि उडाए “यस्ता फेस्बुके ग्रुप जति पनि खुल्छन,केही कार्यक्रम गरे जस्तो गर्छन अनि आफै सेलाउछन“ यस्ता कुराले झन थप उर्जा मिल्दै गयो र हामिलाई सहयोग गर्ने एड्मिन टिम,समर्थक साथिहरु र सदस्यहरु कै सल्लाह अनुरुप हामिले गर्दै आईरहेको कार्यक्रमहरुलाई वैधानिक तवर बाट अघि बढाउदा राम्रो होला भनेर संस्थागत रुपमै अघि बढायौ,र २०७५र०२र०२ गतेको दिन नेपाली बाजे( नव क्रियाशिल संस्थाको स्थापना गर्यौ।
यस्को जन्म भएको झन्डै दुई वर्ष पुग्न लाग्यो,पहिले ७र८ महिना त हामी मनोरञ्जन मै रमायौ र बाकी को समयमा मनोरञ्जन सङ्गै सामाजिक कार्यलाई पनि सक्रिय रुपमा अघि लिएर हिड्यौ।

यो दौडानमा हामिले ललितपुरको सुनाकोठिको वृद्द आश्रममा करिब ४ महिनालाई पुग्ने खाद्य सामग्रीहरु वितरण गर्यौ,त्यस लगतै सप्तरी बाढी पिडितलाई राहत सामग्री,गैडाकोटको अपाङ्ग विकास संस्थामा खाधान्न र लत्ताकपडा,बुटवलमा उपचार्थ मृगौला पिडित पुर्णकला राना मगरलाई रु ५५५०० सहयोग,पोखरमा बृहत् रक्तदान कार्यक्रम,नवल्पुर तथा चितवनको अनाथ आश्रममा रहेका बालबालिका लाई भोजन कार्यक्रम,ललितपुरको सिङ्गो लेले बासिलाई निशुल्क स्वास्थ सिविर कार्यक्रम,पोखराको वृद्दाश्रममा भोजन कार्यक्रम,लगाएत दर्जनौ सामाजिक सचेतनामुलक र्याली एवं कार्यक्रमहरु सम्पन्न गर्यौ र गएको महिना मङ्सिरमा नवलपुरको मुसहर वस्तिमा जाडोमा ओड्ने सिरक,स्विटर,टोपी,ज्याकेट वितरण कार्यक्रम गर्यौ।

यस्को भावी उदेश्यमा गरिरहेको कार्यक्रमहरुलाई निरन्तरता दिने र अहिले देशको १० जिल्ला सम्म यस्को टिमलाई फिजाएका छौ,बिस्तारै सबै जिल्लामा पुराउने,युवाहरुलाई स्वदेशमै रोजगार सम्बन्धि केही कार्यक्रम र तालिमहरु दिने र भावी योजना अनुरुप अनाथ,अपाङ्ग,पिडित,वेसहारा व्यक्तिहरुलाई आश्रय दिनको लागि “नेपाली बाजे मानव सेवा गृह“ को स्थापना गर्ने छ ।
विजय एफएम १०१.६ बाट साभार