वल्र्ड लिंकले ल्यायो ‘इन्टरनेट फरर, विदेश सरर’ अफर

२०७५ असोज ८ गते ४:१८ Flashkhabar

 

इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंक कम्युनिकेसन्स्ले आफ्ना ग्राहकलाई नयाँ अफर ल्याएको छ ।

दसैंतिहार पर्वलाई लक्षित गरेर वल्र्ड लिंकले २३ जना भाग्यशाली ग्राहकलाई विदेश घुमाउने नयाँ अफर ल्याएको हो । ‘इन्टरनेट फरर, विदेशसरर’ वल्र्ड लिंकको इन्टरनेट जोड्ने २३ जना भाग्यशाली जोडीहरुले पेरिस, थाइल्याण्ड, सिंगापुर, दुबई, बाली र मलेसियाको भ्रमण गर्ने अवसर पाउने वल्र्ड लिंक चितवनका सेल्स म्यानेजर दिवस घिमिरेले जानकारी दिए । वल्र्ड लिंक कम्युनिकेसन्स्ले २३ औ वर्ष पूरा गरेको खुसीयालीमा ती भाग्यशाली विजेतालाई उपहारस्वरुप भ्रमणको अवसर प्रदान गर्न लागेको हो ।

यसै अवसरमा वल्र्ड लिंकका ग्राहकले इन्टरनेट खरिद वा नविकरण गर्दासमेत भारी छुट पाउने छन् । नयाँ इन्टरनेट जोड्दा र नविकरण गर्दा ग्राहकले एक वर्षको शुल्क भुक्तानी गरे४० प्रतिशत छुटसमेत पाउने कम्पनीले जनाएको छ । इन्टरनेट जोड्दा ग्राहकले छुटसँगै निःशुल्क सेट अप बक्ससहित १२ महिना नेटटीभी –आईपीटीभी निःशुल्क प्राप्त गर्ने छन् ।

हाल वल्र्ड लिंक कम्युनिकेसन्स्को चितवन शाखाले विभिन्न स्थानमा आफ्नो नेटवर्क विस्तार गरेको छ । जसमध्ये पूर्व चिनवनमा ज्यामिरे, टाँडी जिरौना, सौराहा, निपनी हँदै भरतपुर महानगरनगरपालिकाका धैरे जसो वडामा जस्तै रामपुर, चनौली, हाकिमचोक, सारदानगर, कान्छीचोक, भोजाड, गैँडाकोट साथै नवलपुरको कावासोतीमा पनि धमाधम आफ्नो सेवा दिइराखेको छ ।.