कम्प्युटर एसोसियसन नेपाल महासंघ जिल्ला शाखा चितवनको १३ औं वार्षिक साधारण सभा

२०७५ भदौ २५ गते १७:२६ सन्तोष श्रेष्ठ

कम्प्युटर एसोसियसन नेपाल महासंघ जिल्ला शाखा चितवनको १३ औं वार्षिक साधारण सभा अाज सम्पन्न

गैडाकोट, भदौ २५,

कम्प्युटर एसोसियसन नेपाल महासंघ जिल्ला शाखा चितवनको १३ औं वार्षिक साधारण सभा होटल गार्डेन रिसोर्टमा सम्पन्न भएको छ । कम्प्युटर एसोसियसन नेपाल महासंघ जिल्ला शाखा चितवनका अध्यक्ष भानु शर्माको सभापतित्वमा भएको कार्यक्रममा कृषि तथा वन वज्ञान विश्वविधालय,रामपुर, चितवनका उपकुलपति डा. ईश्वरीप्रसाद ढकाल प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथी क्यानको केन्द्रिय सहकोषाध्यक्ष शेखर दुलाल,क्यानको केन्द्रिय श्यामकल श्रेष्ठ प्रदेश ३ का अध्यक्ष प्रभात श्रेष्ठ रहनु भएको थियो । कार्यक्रमा विशिष्ट अतिथि शेखर दुलाल, श्यामकल श्रेष्ठ,प्रभात श्रेष्ठ लगाएतले आइटीको महत्वको विषयमा मनतव्य व्यक्त गरेका थिए । सो कार्यक्रममा नेपाल महासंघ जिल्ला शाखा चितवन सदस्यहरूलाई सदस्यता प्रमाण पत्र प्रदान गर्नुका साथै अक्सफोर्ड कलेजका अध्यक्ष ई. हरी भण्डारीलाई International Star for Leadership in quality Award BID 2018, Peris,France/Gold Medal प्राप्त गर्न सकेकोमा सम्मान पत्र प्रमुख अतिथिबाट हस्तान्तरण गरिएको थियो ।

 

साधारण सभामा सचिव सन्तोष जनक भुषालले विगतमा गरिएका कार्यक्रमको जानकारी दिनु भएको थियो भने कोषाध्यक्ष दिलिपकुमार तामाङले वार्षिक अार्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । त्यस्तै गरी संस्थाका अध्यक्ष भानु शर्माले भावि योजनाको विषयमा प्रकास पार्नु भएको थियो । साधारण सभा पश्चात Power of Positive Thinking विषयमा प्रोफेसर डा. होम बहादुर बस्नेतबाट मोटिभेसनल स्पीच प्रस्तुत गरिएको थियो ।